काठमाडौँमा लगातारको वर्षाले बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार