पाकिस्तान शाहीन्सद्वारा नेपाल सामू जितको लागि १ सय ४५ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा पाकिस्तान शाहीन्सले नेपाल सामू जितको लागि १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । पाकिस्तानका लागि कप्तान इरफान खानले अविजित रहँदै ४२ रन बनाए भनर अब्दुल समादले २६ रन जोडे ।

त्यस्तै मोहम्मद वासिमले २३ रन जोड्दा यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भनेनन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिंदा कुशल भुर्तेलको भागमा एक विकेट रह्यो ।

सम्बन्धित समाचार