

३० वर्षीया महिला र १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका-८ निन्युडाँडा बस्ने ४० वर्षीय मेगराज नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलामको सूर्योदय नगरपालिका-९ बरबोटे बस्ने २२ वर्षीय अमित गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
