

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ डगरमरूवास्थित पोखरीमा सोही ठाउँ बस्ने ६७ वर्षीय हरिराम कहार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कपिलवस्तु, बुद्धभूमी नगरपालिका-५ महोमदनगर बस्ने ७० वर्षीय रामनिवास केवट सोही ठाउँस्थित पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देही, गैडहवा गाउँपालिका-९ गौरीबजारस्थित प्रतिक्षालयमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ८० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-४ राप्ती रोडस्थित खाली घरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-१५ स्थित डल्लु पुल करिडोरमा ओखलढुङ्गा मेलुङ गाउँपालिका-५ घर भएका २६ वर्षीय राजेश भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता रौतहट, गौर नगरपालिका-९ मुडवलवा गेटस्थित बाटोको छेउमा सुटकेशभित्र हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
