नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ स्थित मुसहरी टोल जाने बाटो छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बर्दियाको गुलरिया नगरपालिका-९ टेपरी बस्ने भबिसरा खड्काको छोरा १० वर्षीय नबराज गिरी सोही ठाउँस्थित पुरानो सर्जु नदीको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-३ तालतलैयास्थित बुढीखोलामा सोही उपमहानगरपालिका-३ खुर्सानेखाप बस्ने ८० वर्षीय विष्णु राज राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-३ हैबुङ गुरूङटोल बस्ने २३ वर्षीय बिनोद गुरूङ सोही ठाउँस्थित बाख्रा फर्ममा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता कञ्चनपुर, बेलौरी नगरपालिका-३ गोकुलपुर बजार बस्ने ६२ वर्षीय जनार औजी आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
