नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।


डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । ठाँटाबजारबाट डडेल्धुरातर्फ आउँदै गरेको से.१ ज ७३८ नम्बरको जिप बिहीबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा सोही गाउँपालिका-५ बस्ने १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन् ।
साथै दुर्घटनामा घाइते भएका जिप चालक र जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ ।
