नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।


दाङको लमही नगरपालिका-२ बदुवा गाँउस्थित सडकमा लुम्बिनी प्रदेश ०२-००१ च ००२८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भगवानदिन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
