नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिका-६ छुल्यामु बस्ने ४३ वर्षीय पेम्बा नुरू शेर्पा छिमेकीको घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बाँकेको जानकी गाउँपालिका-६ कपासी बस्ने २१ वर्षीय मुकेस पासी सोही गाउँपालिका-६ रिहार गाउँस्थित सडक छेउमा शुक्रबार मृत अवस्थाम फेला परेका छन् । यस्तै बागलुङको बागलुङ नगरपालिका-१ मालढुङ्गास्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता संखुवासभाको खाँदबारी नगरपालिका-११ गैरी खेत बस्ने ६५ वर्षीया चिजमाया राई सोही ठाउँस्थित आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यता कपिलवस्तुको महाराजगंज नगरपालिका-२ बर्गदीघाटस्थित ईट्टा भट्टामा सामान राख्न बनाएको छाप्रोमा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी तनहुँको ब्यास नगरपालिका-५ चापाघाटस्थित मादी नदीको किनारमा सोही नगरपालिका-५ तल्लो पाटन बस्ने ६२ वर्षीय सोम बहादर बोटे शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-८ सख्वारा बस्ने ५६ वर्षीय छत्रा चौधरी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
