राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट गर्नुभयो ।

उहाँले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

“वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको छ, २०७२ सालमा संविधान बने पनि निजामती सेवा विधेयक सदनबाट पारित हुन सकेको थिएन,” गृहमन्त्री लेखकले भन्नुभयो, “निजामती सेवा, शिक्षा ऐनलगायत विधेयक पारित हुने क्रममा छन् ।” उहाँले निजामति सेवा विधेयक यसै महिना पारित हुने बताउनुभयो ।

सम्बन्धित समाचार