नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने ६७ वर्षीया जुलुमदेवी श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१७ सहजनाथ साझेदारी वनको कुलोमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका-७ भंगाहास्थित देवधार खोलाको किनारामा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता कास्की, पोखरा महानगरपालिका-१५ पटनेरीस्थित हेग्रन लाईफ स्टफ कृषि फर्ममा काम गर्ने रामेछाप चिसापानी घर भएका १९ वर्षीय निर्मल खत्री सोही फर्मको गोबर संकलन गर्ने खाल्डोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
