राष्ट्रियसभा बैठक सूचना टाँस गरेर स्थगित

राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १ :१५ बजेका लागि तय गरिएको थियो ।

विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३ः१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार