जेनजी प्रदर्शनका क्रममा देशभर १९ जनाको मृत्यु, ३ सय ४७ घाइते

जेनजी प्रदर्शनका क्रममा देशभर १९ जनाको मृत्यु भएको छ भने ३ सय ४७ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आन्दोलनको क्रममा देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ । काठमाडौंको सिभिल अस्पतालमा तीन, राष्ट्रिय ट्रमा सेन्टरमा आठ , एभरेष्ट अस्पतालमा तीन , केएमसी अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।



यसैगरी त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु हुँदा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार