गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाउनु भएको हो ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि उहाँ राजीनामा दिन वाध्य हुनु भएको थियो । सोमबार भएको जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएको हो । यसअघि सोमबारै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताउनुभएको थियो ।

सम्बन्धित समाचार