खानेपानीमन्त्री यादवद्वारा राजीनामा

खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गर्नुभएको छ ।

रासससँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिनुभयो ।



‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ मन्त्री यादवले भन्नुभयो, ‘हिजो जेनजी पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’

 

सम्बन्धित समाचार