जेनजी प्रदर्शनकारीहरूद्वारा राष्ट्रपति भवनमा पनि आगजनी

जेनजी प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी गरेका छन् । प्रदर्शनकारीले केही बेर अघि राष्ट्रपति भवनमा आगजनी गरेको सुरक्षा स्रोतले बताएको छ ।

उग्ररुपमा प्रस्तुत भएका जेनजी प्रदर्शनकारीहरूले यस अघि संसद भवन, सिंहदरबार, सर्वोच्च, काठमाडौँ र विशेष अदालतमा पनि आगजनी गरेका थिए ।

साथै उनीहरुले विभन्न पार्टीका शीर्ष दलका नेताहरुको घरमा पनि तोडफोड तथा आगजनी गरेका थिए ।

सम्बन्धित समाचार