कारागार फर्कन बन्दीहरूलाई विभागको आग्रह

कारागार व्यवस्थापान विभागले देशभरका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दी तथा बालबिज्याइकर्तालाई अविलम्ब फर्किन आग्रह गरेको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बिहीबार एक विज्ञप्तिमार्फत आफू बसेको कारागार वा बाल सुधारगृहमा फर्कन वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा यो सूचनालाई आधार मानेर नआउनेलाई कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख छ ।

सम्बन्धित समाचार