नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।


पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । कार्की प्रधानमन्त्रीमा नित्युक्त भएसंगै उहाँको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै (भदौ २७ गते शुक्रबार) साँझ ९ बजे शपथग्रहण हुने राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको हो ।
नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ ।

