प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा प्रचण्डको गम्भीर असहमति

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताउनुभएको हो ।

शुक्रबार पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

‘बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसद विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रूपमा असहमति रहेको निर्णय गरेको छ,’ बैठकपछि माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइसक्नुभएको छ ।

सम्बन्धित समाचार