नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।


बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
