१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको साँफेबगर नगरपालिका-४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार