मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँहरुले बुधबार बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । हाल सो अस्पतालमा १६ प्रहरी र एक जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ ।

जेनजीले गरेको प्रदर्शनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार