नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।


रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज राति ८ः२५ बजे चार दशमलव छ म्याग्निच्यूडकोको भूकम्प गएको हो ।
भूकम्पको धक्का गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा महसुस गरिएको छ । यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

