

कंस आफ्ना सेनामेनासहित अभिमानले फुलेर बसिरहेका थिए ।
उनले आफूलाई मार्न भनेर आएको फुच्चे बालक कृष्णलाई देखेर अट्टहासपूर्ण हाँसो हाँसे र दम्भपूर्ण भाषामा भने– ‘कत्रा कत्रा शूरवीर महारथीहरूलाई मैले सजिलै पराजयको स्वाद चखाएको छु, देवताहरूलाई समेत आफ्नो वशमा राखेको छु भने तिमीजस्तो दुधे बालकले के गर्न सक्छौं मलाई ?’
तर तिनै दुधे बालक कृष्णले सत्ता, शक्ति र वैभवको उन्मादले मत्त बनेको कंसको सजिलै बध गरिदिए । परिणाम् अपेक्षाविपरीत आयो । देख्ने–सुन्ने सबै स्तब्ध भए ।
र, केही क्षण अघिसम्म तानासाह कंसको जयगान गर्नेहरू नै केही क्षणपछि बालक कृष्णको जयकार गर्न लागे ।
२०८२/०६/०३
