नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको मन्त्रालयले जनाएकाे छ ।
