आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । घाइतेको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरिएको छ ।

यसका अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै सम्बद्ध दोषीमाथि सख्त कानुनी कारबाही गर्ने वर्तमान सरकार प्रतिबद्ध छ ।”

आगामी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने अठोटसहित निर्वाचन प्रक्रियामा होमिएको वर्तमान सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार