नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।


मोरङको विराटनगर महानगरपालिका-८ मधुमारास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-१२ बस्ने ३७ वर्षीय अनिल बाबु कुवर समेत ८ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार १ सय ६५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

