१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिका-१० मिलनचोक बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-७ घर भएका २८ वर्षीय सोनम शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोनमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार