पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का गरिएकोमा नेपाली कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँचजना पदाधिकारीहरूको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण गराएको हो ।



गत भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिइ काठमाडौँ उपत्यकाबाहिर जान नमिल्ने गरी सिफारिस गरिएको थियो ।

 

 

सम्बन्धित समाचार