आज कोशी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भू-भागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार