एक लाखभन्दा बढी घुससहित वीर अस्पतालका लेखा अधिकृत दाहाल अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।

लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस/रिसवतका रूपमा लिएको रु एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लेखा अधिकृत दाहालको कार्यकक्षबाट घुस/रिसवतबापतको रकम, मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको हो ।”

उक्त विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार