राष्ट्रपति पौडेलद्वारा गाई पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गर्नुभएको छ । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

हिन्दू संस्कृतिमा गाईलाई लक्ष्मीको रूपमा पूजा गर्ने र धन, समृद्धि तथा सौभाग्यको प्रतीक मानिन्छ।

सम्बन्धित समाचार