निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।

उहाँले जनकपुरधामस्थित गङ्गासागर पोखरीको घाटमा सोमबार साँझ छठ पूजा अवलोकन तथा प्रार्थनापश्चात् पत्रकारहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।

साथै उहाँले निर्वाचनको विकल्प नभएको बताउँदै निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था पूर्ण रुपमा गरिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले छठ पर्व प्राकृतिक जनआस्थाको प्रतीक रहेको उल्लेख गर्दै यसले सबै वर्ग तथा समुदायबीच आपसी सद्भाव कायम गरेको बताउनुभयो । “यसको दिनप्रतिदिन गरिमा र महत्व बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार