सानेपा निरीह, सिंगापुरबाटै पार्टी सञ्चालन हुन्छ : नेता केसी

नेपाली कांग्रेसका संस्थापन इतर पक्षका युवा नेता जगदीश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपालाईनिर्बल निरीहभएको आरोप लगाएका छन् उनका अनुसार सानेपाले अब कुनै निर्णय गर्न सक्दैन, बरु सिंगापुरबाट आउने आदेशअनुसार मात्र काम गर्छ

काठमाडौंको थापागाउँस्थित ब्यान्कोटमा आयोजित विशेष भेलामा बोल्दै केसीले भने, “सानेपा निरीह , सिंगापुरबाट चलेको , सिंगापुरबाटै निर्देशित सिंगापुर शक्तिशाली बलियो भएको छ।

उनले पार्टी सभापति शेरबहादुर देउवा उनकी पत्नी सांसद आरजू राणा सिंगापुरमा भएको उपचारपछि पनि पार्टीका प्रमुख निर्णयहरू त्यहीँबाट प्रभावित भइरहेको आरोप लगाए जसदिन कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइयो, त्यसदिनबाटै पार्टीमा गडबडी सुरु भयो,” केसीको भनाइ

केसीले देउवा दम्पतीले आगामी निर्वाचनमा आफू अनुकूल टिकट वितरण गर्न सिंगापुरबाट फर्कने तयारी गरिरहेको दाबी समेत गरे उनले भने, “निर्वाचनमा आफू अनुकूल टिकट वितरण गर्न सिंगापुरबाट फर्कने अनि चुनावमा जाने तयारी भइरहेको यदि यही नेतृत्वमा चुनावमा जाने हो भने जनताले कांग्रेसलाई अब पत्याउनेवाला छैन

उनले हालको जेन्जी आन्दोलन देशकै माग भएको उल्लेख गर्दै भने, “परिस्थितिसँग नचल्ने हो भने समयले कसैलाई पर्खनेवाला छैन नयाँ नेतृत्व सहित पार्टीलाई रुपान्तरण गरेर जनतासमक्ष जानुपर्छयही आजको आवश्यकता हो

सम्बन्धित समाचार