एएफसी यु-१७ एसियन कप छनोट : नेपाल सिरियासँग पराजित

एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल सिरियासँग पराजित भएको छ । म्यानमारको याङ्गुस्थित थुवुन्ना रङ्गशालामा शनिबार भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो ।

समूह ‘जी’मा रहेको नेपालले सोमबार ओमानसँग खेल्ने तालिका छ । त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह विजेता आगामी वर्ष साउदी अरेबियामा हुने एसियन कपका लागि छनोट हुनेछ ।

सम्बन्धित समाचार