रौतहट क्षेत्र नंं १ मा कांग्रेसका अनिल झाको उम्मेदवारी

पूर्वमन्त्री अनिल झाले नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । झाले आज रौतहट क्षेत्र नंं १ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

झा विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । विसं २०७९ को निर्वाचनमा भने उहाँ धनुषाको क्षेत्र नंं ३ बाट उम्मेदवार बन्नुभयो ।

विभिन्न मधेसवादी पार्टी हुँदै केही महिनाअघि मात्रै नेपाल सद्भावना पार्टी ब्यूँताएका झा उक्त पार्टी कांग्रेसमा समाहित गरेर उम्मेदवार बन्नुभएको जनाइएको छ ।

उम्मेदवारी दर्तापछि उहाँले आममतदाताको भावना र मागअनुसार पुनः रौतहट क्षेत्र नं १ बाट उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ ।

सम्बन्धित समाचार