नवकान्तिपुर संवाददाता
जनकपुर, ६ माघ ।


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको निर्वाचन क्षेत्र नंं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंगलबार जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँको प्रस्तावकमा मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव र समर्थकमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह रहनुभएको छ ।
नेता निधिले सङ्घीयताको संस्थागत विकास तथा विकासका थप काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । सोही क्षेत्रबाट नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

