काठमाडौं ६ बाट रास्वपाका शिशिर खनाल विजयी

काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी हुनुभएको छ । रास्वपा)का उम्मेदवार शिशिर खनाल भारी मतान्तरले विजयी हुनुभएको हो ।

खनाल २७ हजार ७११ मत सहित निर्वाचित हुँदा उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० र नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मत पाउनुभयो ।

यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० उम्मेदवार थिए ।

सम्बन्धित समाचार