नवकान्तिपुर संवाददाता
सर्लाही , २२ फागुन ।


प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशको सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा हुनुहुन्छ ।
निर्वाचन आयोगका अनुसार सिंहले ६ हजार २६४ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले तीन हजार ६७१ मत प्राप्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले ८९४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रजनीस रायले ३७७ र जनमत पार्टीका राकेशकुमार मिश्रले ३८२ मत प्राप्त गर्नुभएको हो ।
