काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी हुनुभएको छ । उहाँले ३७ हजार ४ सय ६९ मत प्राप्त गर्नु भएको छ । निकट प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार खसेको कुल मत मध्ये दुई हजार ९३ मत बदर भएको छ । सो क्षेत्रको समानुपातिक तर्फको मत शनिबारबाट गणना गरिने जानकारी समेत उहाँले दिनुभयो ।

नवनिर्वाचित सांसद विष्टको जन्म कीर्तिपुर नगरपालिका वडा ४ मा विसं २०३१ भएको थियो । उहाँ यस अघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको उम्मेदवार समेत हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार