भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी, नेमकिपाका प्रेम सुवाल पराजित

भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको छ ।

भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाउनुभएको छ ।

सम्बन्धित समाचार