नवलपुर–२ मा रास्वपाका खनाल विजयी

नवलपुर प्रतिनिधिसभा सदस्य  निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिस खनाल ४१ हजार ३४७ मतसहित विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले नेकपा (एमाले) का तिलक महतलाई २५ हजार ५९२ मत अन्तरले पाराजित गर्नुभयो । महतले १५ हजार ७५५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांगे्रसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा ७९ हजार ८०२ मत खसेको थियो ।

सम्बन्धित समाचार