सर्लाही–१ मा रास्वपाकी नीतिमा कार्की निर्वाचित

सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार भण्डारी ३६ हजार ३१० मतान्तर अर्थात् ४४ हजार १८१ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८७१ प्राप्त गर्नुभएको छ ।

यहाँ नेकपा (एमाले) का मनोजकुमार देवकोटाले छ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले पाँच हजार ४९८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गर्नुभएको छ ।

यहाँ ७९ हजार २०७ मत खसेको थियो ।

सम्बन्धित समाचार