सिरहा-२ मा रास्वपाका यादव निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिवशङ्कर यादव विजयी हुनुभएको छ । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नविन यादव छ हजार ७१३, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सञ्जीवकुमार यादवले तीन हजार ८७ मत मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । अर्नमा, औरही, गोलबजार, धनगढीमाई, नवराजपुर, बरियारपट्टी, लक्ष्मीपुरपतारी र सुखीपुरका विभिन्न ४१ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा कूल एक लाख १५ हजार ७५८ मतदाता रहेकामा ७३ हजार १७५ मत खसेको थियो ।

सम्बन्धित समाचार