नवकान्तिपुर संवाददाता
दोधारा चाँदनी(कञ्चनपुर), २३ फागुन ।


प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी हुनुभएको छ ।
सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार उहाँले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी हुनुभएको हो ।
कांग्रेसका उम्मेदवार बोहराले नौ हजार ४४३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दीपकप्रकाश भट्टले सात हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मानबहादुर सुनारले चार हजार २८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले तीन हजार ९०२ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता रहेकामा ५८ हजार ३६१ मत खसेको थियो ।
