नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।


सिरहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यस क्षेत्रका मुख्य निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार यादवले ३६ हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यादवका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजयशङ्कर नायकले सात हजार ९७२ मत प्राप्त गर्नभयो । यस्तै जनमत पार्टीका डा वीरेन्द्रप्रसाद महतोले पाँच हजार ४१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धर्मनाथ साह चार हजार २२७ मतसहित चौथो स्थानमा रहनुभयो ।
यस निर्वाचन क्षेत्रमा कुल एक लाख छ हजार ६८६ मतदातामध्ये ७० हजार ७७ मत खसेको थियो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
