नवकान्तिपुर संवाददाता
वीरगन्ज (पर्सा), २४ फागुन ।


पर्सा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उहाँले २९ हजार ६७९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याउनुभयो ।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार रूपेशकुमार पाण्डेले ११ हजार ९१४ मत ल्याउनुभयो भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलालप्रसाद यादवले दुई हजार १३७ मत ल्याउनुभयो ।
पर्सा–३ बाट २३ उम्मेदवारले उम्मेदवारी दिनुभएको छ । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार हुनुहुन्छ । पर्सा–३ मा कुल मतदाता ९६ हजार ५४२ जनामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको छ ।
