सिरहा–३ मा रास्वपाका यादव विजयी

सिरहा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शम्भुकुमार यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यस क्षेत्रका निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार यावदले ३२ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यादवका निकटतम प्रतिस्पर्धीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विश्वनाथ साहले नौ हजार ९४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार सुभाषचन्द्र यादवले नौ हजार ८७९ मत प्राप्त गरी चौथो स्थानमा रहनुभयो ।

यस निर्वाचन क्षेत्रमा कुल एक लाख १९ हजार २५० मतदातामध्ये ७६ हजार ४३० मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार