नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ चैत ।


राजधानीमा बुधबारदेखि सुरु भएको सहिद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा एफसीले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै विजयी भएको छ ।
ललितपुरस्थित च्यासल रङ्गशालामा बुधबार भएको खेलमा सङ्कटाले न्युरोड टिममाथि ४–० गोलको जित निकाल्दै विजयी भएको हो । सङ्कटाको जितमा विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले समान एक/एक गोल गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फ)को आयोजनामा बुधबारदेखि सुरुआत भएको उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ ।


