सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नुभएको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

सभामुख पदको निर्वाचनका लागि यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक राखिएको छ ।

सम्बन्धित समाचार