नवकान्तिपुर संवाददाता
काठमाडौँ, १८ वैशाख l

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
यही वैशाख २२ गतेदेखि सुरु भएको लिगमा नेपाल र युएईबीच आज दोस्रो खेल हो । नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।
नेपाली टोलीमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललितनारायण राजवंशीलाई स्थान दिइएको छ । कुशल भुर्तेल, आशिफ शेख, करण केसी र बसिर अहमदलाई आजको खेलमा आराम दिइएको छ ।
टोलीका अन्य खेलाडीमा भीम सार्की, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शनकुमार झा, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।
